अध्यक्ष ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन फिर्ता हुँदैन : वरिष्ठ नेता नेपाल « Khabarhub

अध्यक्ष ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन फिर्ता हुँदैन : वरिष्ठ नेता नेपाल


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता माधव नेपालले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा दर्ता गराएको राजनीतिक प्रतिवेदन फिर्ता नहुने बताएका छन्।

पार्टी विवाद समाधानका लागि राजनीतिक प्रतिवेदन फिर्ता लिन प्रचण्डमाथि दबाव परिरहेका बेला नेता नेपालले राजनीतिक प्रतिवेदन फिर्ता नहुने बताएका हुन्।

‘प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिने प्रश्नै आउँदैन,’ वरिष्ठ नेता नेपालले डिसी नेपालसँग भने, ‘अहिलेको समस्याको समाधान भनेको प्रधामन्त्री ओली सच्चिनुपर्छ।’

उनले प्रतिवेदन गलत भए आत्मलोचना गर्नुपर्ने र नचाहिने आरोप लगाएको भए कारवाही हुने उल्लेख गर्दै आरोप पत्रको सुरुवात प्रधानमन्त्री ओलीले गरेको दाबी गरे।

‘उहाँले (प्रचण्ड) पनि बेठिक कुरा उठाउनु भएको छ भने आलोचना होला। उहाँले के के गर्नु भयो भन्ने विषय पनि बन्ला। कतिपेजको जवाफ आउने हो,’ उनले भने, ‘यो पत्र फायर सुरु गर्ने हाम्रो केपी ओली हो। फिल्डमा पनि उहाँहरुले नै फायर सुरु गर्नु भयो। सुरेन्द्र पाण्डेलाई जुन व्यवहार गरियो यो फिल्ड फायरको उदाहरण हो। सुरेन्द्र पाण्डे माथि आक्रमण गर्ने काम पनि उहाँहरुको फाउन्डेसनबाट भएको छ।’

विवाद बढाउनु भन्दा समस्या समाधानतर्फ सबैको ध्यान जानु आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै कुराको रियलाएज गरेर सबैको विश्वास जित्ने काम गर्नुपर्ने बताए।

सबैको विश्वास जित्न नसके भनेको मान्नु पर्ने उनको तर्क थियो। ‘कि फकाउन सक्नुपर्यो कि त छोड्न तयार हुनुपर्यो,’ उनले भने,‘अहिलेको विवाद महाधिवेशनसम्म जाँदैन।’नेता नेपालले सबै आरोप प्रत्यारोपको छिनोफानो पार्टी कमिटीका बैठकमा छिनोफानो बताए।

अहिले पार्टीभित्रको विवाद समाधान गर्न पूर्व एमालेलाई प्रधानमन्त्रीले फकाउन थालेको प्रसंगमा नेता नेपालले उहाँले सबै नेताहरुलाई पद बाँड्ने गरेको भन्दै ओलीको प्रस्तावमा विश्वास गर्न नसकिने बताए। उनले अहिलेकै समस्याका कारण पार्टी विभाजन नहुने तर्क गर्दै विधि पद्धतिलाई सबैले स्वीकार गरे समस्याको समाधान निस्किने बताए।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : ३७ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका