बालुवाटार जग्गा प्रकरण मुछिएका पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा « Khabarhub

बालुवाटार जग्गा प्रकरण मुछिएका पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशी लगायत १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

सोमबार अदालतमा उपस्थित भएर बयान दिएका जोशीलाई अदालतले साधारण तारेखमा छोड्ने आदेश दिएको हो। साधारण तारेखमा छोड्ने आदेश दिएसँगै उनी छुटेका छन्।

तत्कालीन भूमि व्यवस्थामन्त्रीका रुपमा जोशीले ललिता निवासको जग्गा व्यक्तिका नाममा जाने गरी मन्त्रिपरिषदमा प्रस्ताव लिएको आरोप लगाएको थियो।

अख्तियारले जोशीविरुद्ध ७ करोड रुपैयाँ विगो दावी गरेर मुद्दा दायर गरेको थियो।

गत वर्ष माघमा अख्तियार मुद्दा दायर गरेको थियो। जोशीले त्यतिबेला नै आफू निर्दोष रहेको बताउँदै ७ करोड विगो तिर्न नसक्ने बताएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : १७ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको