घुस आरोपमा सशस्त्र प्रहरी जवानविरूद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

घुस आरोपमा सशस्त्र प्रहरी जवानविरूद्ध भ्रष्टाचार मुद्दा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प महोत्तरी गौशालामा कार्यरत प्रहरी जवान उमेश महतो चौहानविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार चौहानविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनलाई १७ हजार ६ सय रुपैयाँ बिगो माग गरिएको छ।

घरायसी प्रयोगका लागि काठ-दाउरा लैजान सहजीकरण गरिदिएवापत घुस मागेको आरोपमा अख्तियारले चौहानलाई केही समयअघि रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा चौहानले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

यस्तै, करदाता सेवा कार्यालय इलामको कर्मचारी बताउँदै सेवाग्राहीबाट घुस लिएको आरोपमा बिचौलिया मोहनलाल ढकालविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

ढकालले प्यान नम्बर लिनका लागि दर्ता प्रक्रिया मिलाइदिने भन्दै १० हजार घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : ०१ बजे

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई