घुस आरोपमा सशस्त्र प्रहरी जवानविरूद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

घुस आरोपमा सशस्त्र प्रहरी जवानविरूद्ध भ्रष्टाचार मुद्दा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प महोत्तरी गौशालामा कार्यरत प्रहरी जवान उमेश महतो चौहानविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार चौहानविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनलाई १७ हजार ६ सय रुपैयाँ बिगो माग गरिएको छ।

घरायसी प्रयोगका लागि काठ-दाउरा लैजान सहजीकरण गरिदिएवापत घुस मागेको आरोपमा अख्तियारले चौहानलाई केही समयअघि रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा चौहानले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

यस्तै, करदाता सेवा कार्यालय इलामको कर्मचारी बताउँदै सेवाग्राहीबाट घुस लिएको आरोपमा बिचौलिया मोहनलाल ढकालविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

ढकालले प्यान नम्बर लिनका लागि दर्ता प्रक्रिया मिलाइदिने भन्दै १० हजार घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : ०१ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल