अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम « Khabarhub

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘NXT 2026’ मा सम्मानित अतिथिका रूपमा निमन्त्रणा गरिएको छ । भारतीय संसद्को माथिल्लो सदन राज्यसभाका सदस्य कार्तिकेय शर्माले भट्टराईलाई पत्र लेख्दै फागुन २८ देखि ३० सम्म हुने उक्त कार्यक्रमका लागि निमन्त्रणा गरेका हुन् । दिल्लीमा हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन् भट्टराई आज दिल्ली जाँदै छन्।

नयाँ दिल्लीस्थित ‘द भारत मण्डपम’ मा आयोजना हुने यस सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा रहने पत्रमा उल्लेख छ ।

यस्तै, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन र स्वीडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक रेनफेल्ड सम्मानित अतिथिका रूपमा सहभागी हुनेछन् । शर्माले स्थापना गरेको यस फोरममा विश्वभरका ३ सयभन्दा बढी विशिष्ट व्यक्ति सहभागी हुने बताइएको छ ।

सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स, व्यापार, रक्षा, शिक्षा, स्वास्थ्य र सुशासनसहित २२ वटा विभिन्न सत्र सञ्चालन हुनेछन् ।

यस कार्यक्रममा ४० देशका ७० जना सांसद र विश्वका चर्चित विश्वविद्यालयका ७५ भन्दा बढी विद्यार्थीको समेत सहभागिता रहने छ ।

विश्वका परिवर्तनकारी व्यक्तिलाई एकै ठाउँमा ल्याएर मानव जातिको भविष्यका लागि मार्गचित्र तयार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको सांसद शर्माले बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : २६ बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी