सेयर बजार : दुई दिनमा झण्डै १२ अर्बको कारोबार « Khabarhub

सेयर बजार : दुई दिनमा झण्डै १२ अर्बको कारोबार


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ-नयाँ रेकर्ड बनिरहेको छ। आइतबार र आजको कारोबार रकम कूल १२ अर्ब रूपैयाँको हाराहरीमा रहेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ। कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ। यस्तै, कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोबार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो।

यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोबार भयो।

स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०.४३ मा ओर्लेको छ। नेप्सेको सुधार आज रोकिएको भए पनि कारोबार रकम भने झण्डै साँढे चार अर्ब माथि रहेको छ। आज ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अङ्कले ओरालो लागेर ३४४.९५ मा झरेको छ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने आरोलो लागेको छ। बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ। कारोबारको प्रवृत्ति हेर्दा आज पनि कोरोनाका कारण बन्द भएका होटल उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।

विशेष गरी सोल्टी होटल, र्‍याडिसन (ओरन्टल )होटलको शेयर मूल्यमा वृद्धि भएको छ। ती दुवै होटल चालू आवको पहिलो त्रैमासमा घाटामा रहेको विवरण सार्वजनिक भएपनि शेयर बजारमा भने सकारात्मक देखिएको छ।

ओरालो लागेका उपसमूहमा विकास बैंक १.८१, जलविद्युत् १.७५, वित्त १.७६, निर्जीबन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामूहिक लगानी कोष ०.१७ बिन्दु रहेका छन्।

यसैगरी कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु ३० करोड २२ लाख सात हजार ४६३ बराबरको कारोबार भयो।

यस्तै, नेपाल पुर्नबीमा कम्पनी रु २९ करोड ३० लाख ३३ हजार ७४१, हिमालयन डिस्टिलरी रु २८ करोड ९७ लाख सात हजार २७९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड २१ लाख २१ हजार ५१६, प्राइम बैंक रु १७ करोड २१ लख दुई हजार ७०५, एनआइसि एशिया बैंक रु १४ करोड ७९ लाख ७५ हजार ८०८, प्रभु बैंक रु १३ करोड ६१ लख ६९ हजार ८५८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रु १३ करोड ४४ लाख ७८ हजार ५२० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

यस्तै कारोबारका आधारमा आज एचआइडिसिएल ९.९२, हिमालयन डिसिटलरी ९.४५, जानकी फाइनान्स ६.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ५.५६, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए।

यस्तै, एनआइसि एशिया व्यालेन्स फण्ड ४.५४, सिटिजन म्युचुअल फण्ड ४.३१, गुडविल फाइनान्स ४.०७, नेशनल माइक्रोफाइनान्स ३.८५ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.६७ गुमाए।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ५० बजे

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल