महानगरीय ट्राफिक महाशाखा प्रमुखमा भट्टराई « Khabarhub

महानगरीय ट्राफिक महाशाखा प्रमुखमा भट्टराई


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् ।

महाशाखामा कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको बिदाई गरिएको छ ।

बिदाई समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफूले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण काम गरेको बताए ।

ट्राफिक व्यवस्थापनका लागि आफूले गरेको प्रयासहरु सफल रहेको उनले बताए । आमनागरिकबाट समेत उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रशंसा हुने गरेको उल्लेख गर्दै ढकालले भोलिका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना काम भएका कामहरुलाई आफूले निरन्तरता दिने बताए । विगतमा पनि आफूले महाशाखाअन्तर्गत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफूले पहिलो प्राथमिकतामा राख्‍ने बताए ।

ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ।

यसैबीच कुशलतापूर्वक कर्तव्य निर्वाह गर्ने अधिकृत र जवान गरी १९ ट्राफिक प्रहरीलाई पुरस्कृत गरिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ०४ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन