अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना | Khabarhub Khabarhub

अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी विदेशमन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ ।

बाइडेनले ५८ वर्षीय ब्लिन्केनलाई विदेशमन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ओबामा प्रशासनका समयमा ब्लिन्केनले उपविदेशमन्त्री तथा राष्ट्रिय उपसुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । ट्रम्प प्रशासनका चार वर्षमा अमेरिकी विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रूपमा संयुक्त राज्य अमेरिकालाई उभ्याउनुपर्ने चुनौती ब्लिन्केनमाथि हुनेछ ।

बाइडेनले आफ्नो प्रशासनमा ल्याउन चाहेका दुई व्यक्तिहरू सुशान राइस र सिनेटर क्रिस कुन्सबारे भने सिनेटको सुनुवाइमा धेरै जटिलता सामना गर्नुपर्ने हुन सक्छ ।

राइसका बारेमा सिनेटमा रिपब्लिकन पार्टीले अवरोध सिर्जना गर्ने सम्भावना छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : १८ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा