अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना « Khabarhub

अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी विदेशमन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ ।

बाइडेनले ५८ वर्षीय ब्लिन्केनलाई विदेशमन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ओबामा प्रशासनका समयमा ब्लिन्केनले उपविदेशमन्त्री तथा राष्ट्रिय उपसुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । ट्रम्प प्रशासनका चार वर्षमा अमेरिकी विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रूपमा संयुक्त राज्य अमेरिकालाई उभ्याउनुपर्ने चुनौती ब्लिन्केनमाथि हुनेछ ।

बाइडेनले आफ्नो प्रशासनमा ल्याउन चाहेका दुई व्यक्तिहरू सुशान राइस र सिनेटर क्रिस कुन्सबारे भने सिनेटको सुनुवाइमा धेरै जटिलता सामना गर्नुपर्ने हुन सक्छ ।

राइसका बारेमा सिनेटमा रिपब्लिकन पार्टीले अवरोध सिर्जना गर्ने सम्भावना छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : १८ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ