विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्ने भारतको विश्वास « Khabarhub

विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्ने भारतको विश्वास


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  भारतले आगामी बिहीबार र शुक्रबार हुने विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको छ ।

भारतको विदेश मन्त्रालयले सचिव श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गर्दै भनेको छ,‘भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्त्वपूर्ण हुनेछ ।’

विदेश सचिवको रुपमा कार्यभार सम्हालेपछि श्रृंगलाको यो पहिलो भ्रमण हो । नेपालको परराष्ट्र मन्त्रालयले पनि उनको नेपाल भ्रमणको सोमबारै मिति सार्वजनिक गरेको छ ।

‘यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको छ,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नु हुनेछ ।’

नेपाल र भारत बीच नक्सा विवाद आएपछि नेपाल भ्रमण गर्ने विदेश सचिव श्रृंगला तेस्रो ठूलो भारतीय अधिकारी हुन् । यस अघि भारतको बाह्य गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय सेनाका सेनाध्यक्ष एमएम नरवणेले नेपालको भ्रमण गरिसकेका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने सचिव श्रृंखलाको उक्त भ्रमण नियमित रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव श्रृंगलाले भ्रमणकै दौरान नेपाललाई कोभिड–१९ सम्बन्धी सामग्री पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : १५ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक