कपिलवस्तु– नेपाली कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार बनेर सरकारमा नजाने बताएका छन् ।
कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेट सामान्य रहेको भन्दै सत्ता साझेदारीका लागि भएको भन्ने कुरा गलत भएको बताएका हुन ।
‘कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्न मत दिएका छन्,’ उनले भने, ‘त्यसको हामी सम्मान गर्छौं ।’
भ्रष्टचारलाई प्रश्रय दिएको सरकारले अहिले विदेशी हस्तक्षेप बढाएर राष्ट्रियताको खोक्रो नारा दिइरहेको समेत उनले आरोप लगाए ।
नेकपाको दुई तिहाईको सरकारले जनतालाई अभाव, समस्या र पीडा मात्र दिएको भन्दै अब आउने निर्वाचन कांग्रेसले अवसरको रुपमा लिएर पूरै सदुपयोग गर्ने बताए ।
प्रतिक्रिया