कांग्रेस अधिवेशन कुनै पनि बहानामा सार्नु हुँदैन : महामन्त्री कोइराला « Khabarhub

कांग्रेस अधिवेशन कुनै पनि बहानामा सार्नु हुँदैन : महामन्त्री कोइराला


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अमेरिका र बिहारमा निर्वाचन हुने तर नेपाली कांग्रेसको चुनाव हुन नसक्ने अवस्थाले आफू चकित भएको बताएका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेपाली कांग्रेस पार्टीको निर्वाचन सार्ने नेतृत्वको मनसायले पार्टी जीवन समाप्त हुने बताए ।

हरेक निर्वाचनले परिवर्तन दिने चर्चा गर्दै उनले अमेरिका र बिहारमा सम्पन्न आम निर्वाचनले नेपाली कांग्रेसको अधिवेशन समयमै गर्न सकिन्छ भन्ने सन्देश दिएको सुनाए । पार्टी अधिवेशन कुनै बहानामा पनि सार्न नहुने उनले जिकिर गरे ।

कोरोना अस्थायी अस्पताल रजहर (प्राकृतिक चिकित्सालय)मा आयोजित रेडियो मध्यबिन्दु एफएमको १२ औं वार्षिकोत्सव कार्यक्रममा डा. कोइरालाले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा काेइरालाले चिकित्सालयलाई स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : १३ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल