माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तथा विशेष भेला शुरु « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तथा विशेष भेला शुरु


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक तथा विशेष भेला आजबाट काठमाडौंमा शुरु भएको छ ।

आइतबार बसेको पोलिटव्यूरोको अनौपचारिक बैठकले केन्द्रीय समितिको बैठकबारे आधारभूत तयारी गरेको हो ।

माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापामगरको अध्यक्षतामा बसेको बैठकमा महासचिव कणजीत बुढाथोकी शुशिलको विशेष आतिथ्यता रहेको छ । बैठकमा देशभरका पार्टीका नेताहरुको सहभागिता रहेको छ ।

आजबाट शुरु भएको बैठक तथा विशेष भेलाको कार्यक्रम मंगलबारसम्म चल्ने बुझिएको छ ।

बैठक तथा भेलाबाट वैचारिक राजनीतिक लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा महासचिव कणजीत बुढाथोकीले राजनीतिक तथा संगठनात्मक विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि सहभागि नेताहरुले छलफल गर्दै प्रदेश, जिल्ला र जवस मोर्चाको कार्य विभाजन गर्दै बैठक समापन गरिने जनाइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ४८ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल