इलामको सन्दकपुरमा सशस्त्रको ‘बीओपी’ स्थापना « Khabarhub

इलामको सन्दकपुरमा सशस्त्रको ‘बीओपी’ स्थापना


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम जिल्लाको सन्दकपुर गाउँपालिका-५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) जौवारी स्थापना भएको छ।

नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषिराज्य मन्त्री राम रानाले सोमबार आयोजित एक समारोहका बीच उक्त बीओपीको उद्घाटन गरेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध काम कारबाहीहरूमा परिचालित हुनेछ।

ईलाम सदरमुकामदेखि करीब ३९ किलोमिटरको दूरीमा नेपाल-भारत सीमानाकाभन्दा करीब १ किलोमिटर वर स्थापना गरिएको उक्त बीओपीमा सोमबारबाट नै दैनिक कार्य सुचारु गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : ५८ बजे

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत

आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर