आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२६ मार्च ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : तपाईंका लागि आजको दिन सामान्य छ। व्यापारमा फाइदा भए पनि इज्जत जोगाउन कठिन हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। मन अशान्त बन्नेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।

वृष : तपाईंको बोली बिक्नेछ। बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिमा सफलता मिल्नेछ भने शिक्षामा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुने योग छ। व्यापारमा नाफा होला ।

मिथुन : आज धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी भन्दै आएका साथीबाट सहयोग पुग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आजको निर्णय दीर्घकालसम्म रहनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। परिवारबाट सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। पश्चिमको लामो यात्रा नगर्नु उपयुक्त हुनेछ।

सिंह : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नुपर्ने समय छ। व्यापारमा लगानी गर्दा सचेत बन्नुपर्ने समय छ।

कन्या : शिक्षामा गरेको लगानीमा थप मिहिनेत गर्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

तुला : दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षाबाट विशेष आम्दानी हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। परिवारसँग रमाइलो भेटघाटको अवसर मिलेको देखिन्छ।

धनु : आज दिन सामान्य छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। तपाईंले गरेको मिहिनेतको फल अरुले लिनेछन्। परिवारमा खटपटी बढ्नेछ। अरु काममा सक्रिय हुँदा स्वास्थ्यमा भने समस्या आइपर्ने जोखिम छ।

मकर : रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी साथीको सहयोगमा तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुदृढ रहनेछ।

कुम्भ : सानो कुराले मनमा आक्रोश बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। धार्मिक कुरामा विश्वास नहुने जोखिम कम गर्न बिहान उठेर शिवजीको भजन सुन्नु उपयुक्त हुनेछ। संकटको समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। खर्च भए पनि इज्जत बढ्नेछ। व्यापारमा गरेको साझेदारीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट पाउने पुरस्कारले मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ५ : ३० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि