सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘अन्तर्राष्ट्रिय अवार्ड’ जित्न सफल « Khabarhub

सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘अन्तर्राष्ट्रिय अवार्ड’ जित्न सफल


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमिड अवार्ड अन्तर्गत “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ ।रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिस्पर्र्धीहरुले सहभागिता जनाएका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त ,दुरुस्त , छिटो छरिता एवं प्रभावकारी गराउन कोशिश गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।

यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुश गरिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : २६ बजे

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई