सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘अन्तर्राष्ट्रिय अवार्ड’ जित्न सफल « Khabarhub

सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘अन्तर्राष्ट्रिय अवार्ड’ जित्न सफल


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमिड अवार्ड अन्तर्गत “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ ।रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिस्पर्र्धीहरुले सहभागिता जनाएका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त ,दुरुस्त , छिटो छरिता एवं प्रभावकारी गराउन कोशिश गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।

यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुश गरिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : २६ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल