‘रेमिट्यान्स’ ११ प्रतिशतले बढ्यो, कात्तिकमा मात्रै ७८ अर्ब बढी भित्रियो « Khabarhub

‘रेमिट्यान्स’ ११ प्रतिशतले बढ्यो, कात्तिकमा मात्रै ७८ अर्ब बढी भित्रियो


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरकै बीच नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बढ्न थालेको छ । विश्व महामारीसँग जुँधिरहेको र विदेशमा रहेका धेरै नेपालीले रोजगारी गुमाएपनि रेमिट्यान्स भने बढेको देखिएको छ ।

नेपालमा मासिक औसतमा ७३ अर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स भित्रिने गर्छ । तर, कात्तिक महिनामा औसतभन्दा बढी अर्थात् ७८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको कात्तिकसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । समग्रमा कात्तिकसम्म रेमिट्यान्स आप्रवाह ११ दशमलव २ प्रतिशते बढेको छ ।

समीक्षा अवधिमा ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आवको सोही अवधिमा भने ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार गत आवको सो अवधिमा रेमिट्यान्स आप्रवाह २ दशमलव ८ प्रतिशतले घटेको थियो ।

कोरोना महामारीका कारण रेमिट्यान्स आप्रवाहमा कमी आउने आकलन गरिए पनि नेपालमा गत जेठदेखि नै औसतभन्दा माथि अर्थात् ७३ अर्बभन्दा बढी रेमिट्यान्स आप्रवाह भएको छ । तर, भदौमा भने औसत बराबर ७३ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

२०२० मा नेपाल आउने रेमिट्यान्स विश्व बैंकले १४ प्रतिशत एशियाली विकास बैंक (एडीबी) ले २८ दशमलव ७ प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : ३५ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक