‘रेमिट्यान्स’ ११ प्रतिशतले बढ्यो, कात्तिकमा मात्रै ७८ अर्ब बढी भित्रियो « Khabarhub

‘रेमिट्यान्स’ ११ प्रतिशतले बढ्यो, कात्तिकमा मात्रै ७८ अर्ब बढी भित्रियो


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरकै बीच नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बढ्न थालेको छ । विश्व महामारीसँग जुँधिरहेको र विदेशमा रहेका धेरै नेपालीले रोजगारी गुमाएपनि रेमिट्यान्स भने बढेको देखिएको छ ।

नेपालमा मासिक औसतमा ७३ अर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स भित्रिने गर्छ । तर, कात्तिक महिनामा औसतभन्दा बढी अर्थात् ७८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको कात्तिकसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । समग्रमा कात्तिकसम्म रेमिट्यान्स आप्रवाह ११ दशमलव २ प्रतिशते बढेको छ ।

समीक्षा अवधिमा ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आवको सोही अवधिमा भने ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार गत आवको सो अवधिमा रेमिट्यान्स आप्रवाह २ दशमलव ८ प्रतिशतले घटेको थियो ।

कोरोना महामारीका कारण रेमिट्यान्स आप्रवाहमा कमी आउने आकलन गरिए पनि नेपालमा गत जेठदेखि नै औसतभन्दा माथि अर्थात् ७३ अर्बभन्दा बढी रेमिट्यान्स आप्रवाह भएको छ । तर, भदौमा भने औसत बराबर ७३ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

२०२० मा नेपाल आउने रेमिट्यान्स विश्व बैंकले १४ प्रतिशत एशियाली विकास बैंक (एडीबी) ले २८ दशमलव ७ प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : ३५ बजे

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि रामहरि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक

काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा पुगेकी छन्

रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा– रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक