कोरोना कहर : ओमानले लगायो सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध « Khabarhub

कोरोना कहर : ओमानले लगायो सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

एक साताका लागि ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिइने जनाएको छ ।

तत्काल ओमान-नेपाल तथा नेपाल-ओमानको यात्राका क्रममा रहेका सम्बन्धित सबैले सोही बमोजिम व्यबस्थापन गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

ओमानमा अहिलेसम्म कोरोना सङ्क्रमितको हुनेको सङ्ख्या १ लाख २८ हजार १४३ जना पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्य १ लाख १९ हजार ९४५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४९० जना पुगेको त्यहाँको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

कोरोना कहर बढदै गएपछि साउदी अरब, कुवेत लगायत अन्य विभिन्न देशले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : १६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा