कोरोना कहर : ओमानले लगायो सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध « Khabarhub

कोरोना कहर : ओमानले लगायो सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

एक साताका लागि ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिइने जनाएको छ ।

तत्काल ओमान-नेपाल तथा नेपाल-ओमानको यात्राका क्रममा रहेका सम्बन्धित सबैले सोही बमोजिम व्यबस्थापन गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

ओमानमा अहिलेसम्म कोरोना सङ्क्रमितको हुनेको सङ्ख्या १ लाख २८ हजार १४३ जना पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्य १ लाख १९ हजार ९४५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४९० जना पुगेको त्यहाँको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

कोरोना कहर बढदै गएपछि साउदी अरब, कुवेत लगायत अन्य विभिन्न देशले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : १६ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक