विश्वमा एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु « Khabarhub

विश्वमा एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् ।

एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ ।

संक्रमित २ करोड १५ लाख १२ हजार ७२ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ३८२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

अहिलेसम्म ५ करोड ५१ लाख ११ हजार ३७० जनाले कोरोनालाई जितेका छन् ।

संक्रमित राष्ट्रको सूचीमा अमेरिका सबैभन्दा माथि छ । अमेरिकामा १ करोड ८६ लाख ८४ हजार ४५४ जना संक्रमित भएका छन् । ३ लाख ३० हजार ८१३ जनाको मृत्यु भएको छ।

त्यस्तै नेपाल संक्रमित मुलुकको सूचीमा ४० औ स्थानमा छ । विगत केहीदिन देखि नेपालमा संक्रमितको संख्या घट्न थालेको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : ४९ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक