मेस्सीले तोडे पेलेको कीर्तिमान « Khabarhub

मेस्सीले तोडे पेलेको कीर्तिमान


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लियोनल मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भंग गरेका छन् ।

बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् ।

स्पेनिस ला लिगामा मंगलबार बार्सिलोनाले रियल भालाडोलिडलाई ३–०ले पराजित गरेको खेलमा मेस्सी पनि गोल गर्दै पेलेको रेकर्ड भंग गरेका हुन् ।

मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । पेड्रीको ब्याकहिल पासमा मेस्सीले क्लबका लागि तेस्रो गोल गरेका थिए ।

मेस्सीकै पासमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत पाहुना टोली बार्सिलोनालाई अघि बढाएका थिए । ३५औँ मिनेटमा मार्टिन बे्रथवेट बार्सिलोनाको अग्रता दोब्बर बनाउने काम गरे । ईन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेको थियो ।

ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे । यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिदैछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ११ : २० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।