दक्षिण कोरियामा जन्म दर घट्यो | Khabarhub Khabarhub

दक्षिण कोरियामा जन्म दर घट्यो


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण कोरियामा जन्मदरमा कमी आएको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा गत वर्षको तुलनामा यसवर्ष जन्म दरमा कमी आएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले गत वर्षको तुलनामा यसवर्ष कम्तीमा पनि १४ प्रतिशतले यहाँको जन्म दरमा कमी आएको बताइएका हुन् । यस वर्षको अक्टोबरमा २१ हजार ९३४ जना बालबालिका जन्मिएका हुन् ।

ती अधिकारीहरुका अनुसार यो संख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा पनि १४.४ प्रतिशत हुन आउँछ ।

यो जन्म दर दक्षिण कोरियामा सन् १९८१ देखि शुरु गरिएको यससम्बन्धी तथ्यांककै सबैभन्दा कम रहेको स्टाटिस्टीक्स कोरियाले जनाएको छ । दक्षिण कोरियामा युवतीहरुले उमेर धेरै भए पछि मात्र विवाह गर्ने प्रचलन बसेको छ । जसका कारण यहाँको जन्मदरमा कमी आएको पाइएको हो ।

सो महिना अर्थात् अक्टोबरमा पनि विवाह गर्ने महिलाको संख्यमा कमी आएको देखिएको छ । यसै वर्षको अक्टोबरमा पहिलो वर्षको सो महिनाको तुलनामा १९ प्रतिशत भन्दा कमले विवाह गरेका पनि सो तथ्यांमा पाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : २० बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव