संसदीय दलको नेता चुनिएपछि प्रचण्डले भने- नयाँ सरकार बनाउँछौँ « Khabarhub

संसदीय दलको नेता चुनिएपछि प्रचण्डले भने- नयाँ सरकार बनाउँछौँ


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाहाल-नेपाल समूहले संसदीय दलको नेता चुनेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनाउने उद्घोष गरेका छन् ।

संसद भवनमा बोल्दै अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर प्रतिनिधिसभा पुनर्स्थापित गर्ने र गणतन्त्र जोगाउन पहल गर्ने पनि बताए ।

‘सबै राष्ट्रिय राजनीतिक दलहरुसँग एकतावद्ध बनाएर जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ,’ दाहालले भने ।

चुनौतीको समयमा संसदीय दलको नेता चयन भएको भन्दै प्रचण्डले प्रतिनिधिसभालाई जीवित राख्न आफुले पहल गर्ने दाबी समेत गरे ।

‘निकै ठूलो चुनौतीको समयमा मैले यो जिम्मेवारी पाएको छु । मेरो कोशिस नेपालमा नेपाली जनताले गरेको आन्दोलनमार्फत समावेशी लोकतन्त्र र प्रतिनिधिसभालाई जीवन्त राख्न मैले पहल गर्छु,’ दाहालले भने, ‘सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै संसदलाई जिवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले पहल गर्नेछु ।’

संसद भवन नयाँ बानेश्वरमा आज अपराह्न बसेको बैठकले दलको नेतामा प्रचण्डलाई चयन गरेको थियो ।

अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव बैठकमा उपस्थित ११५ सांसदले सर्वसम्मत अनुमोदन गरेको पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता शिवकुमार मण्डलले जानकारी दिए ।

पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि प्रचण्डलाई संसदीय दलको नेता बनाइएको उनले बताए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि ओली र दाहाल-नेपाल समूहबीच आफ्नो समूहलाई आधिकारिक बनाउने दौडमा समानन्तर बैठक र निर्णयहरू भइरहेका छन् ।

ओली समूहले मंगलबार ५५६ केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यी महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको छ भने प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ । मंगलबार नै दाहाल-नेपाल समूहले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ३ : ५८ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज