युट्युबमा हेर्नुहोस् पल, नाजिर र वर्षाको फिल्म ‘वीर विक्रम २’ « Khabarhub

युट्युबमा हेर्नुहोस् पल, नाजिर र वर्षाको फिल्म ‘वीर विक्रम २’


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षा शिवाकोटी, पल शाह र नाजिर हुसेनको शीर्ष भूमिका रहेको फिल्म ‘वीर विक्रम २’ युट्युब रिलिज गरिएको छ ।

हलमा प्रदर्शनका क्रममा दर्शकबाट सन्तोषजनक प्रतिक्रिया पाएको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

फिल्ममा वीर र विक्रम दुई साथीको सम्बन्धलाई देखाइएको छ । यसअघि फिल्म ‘वीर विक्रम’ निर्माण भई प्रदर्शनमा आएको थियो । उक्त फिल्ममा दयाहाङ राई र अनुपविक्रम शाहीको शीर्ष भूमिका थियो ।

‘वीर विक्रम’ सफल भएपछि सोही नाम दिएर निर्देशक चाम्सले ‘वीर विक्रम २’ निर्माण गरेका थिए । तर, उक्त फिल्म भने आशा गरिएअनुरुप सफल हुन सकेन ।

फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, मनोज केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् भने सुदीप बरालले खिचेका हुन् । यस्तै फिल्ममा हिमाल केसीको द्वन्द्व र बनिष शाहको सम्पादन छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ०३ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार