नवलपरासीमा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु « Khabarhub

नवलपरासीमा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासीपूर्व गैंडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालीगण्डकी करिडोरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नवलरासीपूर्व गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको पहरामा ना ३ ख ५३३९ नम्बरको लोरी प्लेटफर्म टेलर आज बिहान भीरबाट खसेको हो ।

बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गरेको लरी भीरबाट झण्डै एक सय मिटर तल खस्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका १७ का ४५ वर्षीय सुरेश भुजेल, सोही ठाउँका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्सा ठोरी गौतमनगरका ५० वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले स्थानीय र डोरीको सहायतामा भीरमा रहेको शव निकालेका थिए । दुर्घटनास्थलमा गाडी टुक्रा टुक्रा भएर उछिट्टिएको छ ।

स्थानीयको सहयोगमा घटनास्थलबाट शव उठाई चितवनस्थित भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलरासीपूर्वका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घटनास्थल पूर्व पश्चिम राजमार्गको गैंडाकोटबाट करिब ३५ किलोमिटर उत्तरमा पर्दछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : २० बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक