राजनीतिक अवस्थाले व्यावसायिक वातावरण खलबलिनेप्रति निजी क्षेत्र चिन्तित « Khabarhub

राजनीतिक अवस्थाले व्यावसायिक वातावरण खलबलिनेप्रति निजी क्षेत्र चिन्तित


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक दलमा देखिएको विवादले मुलुकको व्यावसायिक वातावरण खलबलिन सक्ने भन्दै निजी क्षेत्रले संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्दै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसङ्घले आज संयुक्त अपिल जारी गर्दै पछिल्ला घटनाक्रमले थप जटिलता सिर्जना गर्नेमा आशङ्का व्यक्त गरेका छन् ।

निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै ती संस्थाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परिरहेको अवस्थामा पछिल्लो राजनीतिक समस्याबाट उत्पन्न हुने अस्थिरताको परिणाम थप गम्भीर हुनेमा चिन्ता व्यक्त गरेका छन् ।

राजनीति स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षित भई अर्थतन्त्रले गति लिनसक्ने यथार्थलाई भुल्न नहुने भन्दै उनीहरुले सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका छन् ।

‘उखु किसानलाई अविलम्ब भुक्तानी देऊ’

यसैबीच, नेपाल उद्योग परिसङ्घले किसानबाट खरिद गरेको उखुको बाँकी बक्यौता अविलम्ब भुक्तानी गर्न चिनी उद्योगसँग आग्रह गरेको छ । आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको अवस्थामा समस्यालाई लम्ब्याउँदा दुवै पक्षलाई हानी पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान दिन पनि परिसङ्घले अनुरोध गरेको छ ।

परिसङ्घले आज विज्ञप्ति जारी गर्दै बक्यौता रकम भुक्तानी दिन शुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीको हकमा सरकारले अघि बढाएका कारवाही वा अन्य कदम फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार तथा भुक्तानी प्रक्रियाको वातावरण थप सहज बनाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ४० बजे

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको