काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर कुशल मल्लले टी १० लिग खेल्ने भएका छन् ।
बुधबार मल्ललाई टिम अबुधाबीले अनुबन्ध गरेको हो । उनी पहिलो पटक वदेशी लिगमा अनुबन्ध भएका हुन् । उनले पछिल्लो समय नेपालमा भएको आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।
टिम अबुधाबीमा नेपालका पूर्व कप्तान पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएसँगै कुशल इमर्जिङ खेलाडीको कोटाबाट अबुधावीमा अनुबन्ध भएका हुन् ।
यसअघि खड्काले अघिल्लो सिजनको टी १० लिग अबुधावीबाट खेलेका थिए । यो सिजनमा नेपालका सोमपाल कामी र मल्ल टी १० लिगमा अनुबन्ध भएका छन् ।
यसअघि स्पिनर सन्दीप लामिछाने र पारस खडेकाले टी १० लिग खेलेका थिए ।
प्रतिक्रिया