केसीले टी-१० लिग पुने डेभिल्सबाट खेल्ने « Khabarhub

केसीले टी-१० लिग पुने डेभिल्सबाट खेल्ने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीलाई टी १० टिम पुने डेभिल्सले आबद्ध गरेको छ ।

उनलाई जारी अक्सनबाट पुने डेभिल्सले लिएको हो । तीव्र गतिका बलर करणसँगै यो सिजनको टी १० लिगमा तीन जना नेपाली खेलाडी आवद्ध भइसकेका छन् ।

यसअघि युवा स्पिनर कुशल मल्लले  बुधबार मल्ललाई टिम अबुधाबीले अनुबन्ध गरेको हो । उनी पहिलो पटक वदेशी लिगमा अनुबन्ध भएका हुन् ।

उनले पछिल्लो समय नेपालमा भएको आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

टिम अबुधाबीमा नेपालका पूर्व कप्तान पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएसँगै कुशल इमर्जिङ खेलाडीको कोटाबाट अबुधावीमा अनुबन्ध भएका हुन् ।

यसअघि खड्काले अघिल्लो सिजनको टी १० लिग अबुधावीबाट खेलेका थिए । यो सिजनमा नेपालका सोमपाल कामी, मल्ल र केसी टी १० लिगमा अनुबन्ध भएका छन् ।

यसअघि स्पिनर सन्दीप लामिछाने र पारस खडेकाले टी १० लिग खेलेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ११ : ०७ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६