लेओनेसासँग एथ्लेटिको मड्रिड स्तब्ध « Khabarhub

लेओनेसासँग एथ्लेटिको मड्रिड स्तब्ध


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एथ्लेटिको बिल्बाओ कोपा डेल रे फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ ।

ला लिगा जाइन्ट एथ्लेटिको मड्रिड बिहीबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब क्लचरल लेओनेसासँग पराजित भयो ।

लेओनेसाले एथ्लेटिको मड्रिडलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । ६२ औँ मिनेटमा एन्जल कोरियाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाति अग्रता दिलाए । ८३ औँ मिनेटमा कास्तानेडाले लेओनेसाका लागि बराबरी गोल गरे ।

खेल अतिरिक्त समयमा धकेलियो । १०८ औँ मिनेटमा बेनितोले गोल गर्दै लेओनेसोलाई जित दिलाए । कोपा डेल रे फुटबलमा तल्लो डिभिजनको क्लबसँग एथ्लेटिको मड्रिड पराजित भएको सन् २०११ यता पहिलो पटक हो ।

बिहीबार राति नै भएका अरु खेलमा जित निकाल्दै लेगानेस, मिरान्डेस, सिडी बाडाजोज र रायो भालेकानो अन्तिम १६ मा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : ३५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने