चीनको नयाँ वर्षमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पठाइन भिडियो सन्देश | Khabarhub Khabarhub

चीनको नयाँ वर्षमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पठाइन भिडियो सन्देश


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले चीनको नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएकी छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भिडियोमार्फत शुभकामना सन्देश पठाएकी हुन् ।

राष्ट्रपतिले भिडियो मार्फत शुभकामना सन्देश पठाएको यो पहिलो हो । नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । यसको चिनियाँ भाषानुवाद नेपालस्थित चिनियाँ रेडियो इन्टरनेसनल (सीआरआई)का लागि नेपालबाट काम गर्ने वर्षा (झाङ यूइ)ले गरेकी छन् ।

राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको छ ।

जनवरी २५ देखि १५ दिनसम्म चीनले नयाँ वर्ष मनाउँदै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ०२ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना