चीनको नयाँ वर्षमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पठाइन भिडियो सन्देश « Khabarhub

चीनको नयाँ वर्षमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पठाइन भिडियो सन्देश


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले चीनको नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएकी छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भिडियोमार्फत शुभकामना सन्देश पठाएकी हुन् ।

राष्ट्रपतिले भिडियो मार्फत शुभकामना सन्देश पठाएको यो पहिलो हो । नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । यसको चिनियाँ भाषानुवाद नेपालस्थित चिनियाँ रेडियो इन्टरनेसनल (सीआरआई)का लागि नेपालबाट काम गर्ने वर्षा (झाङ यूइ)ले गरेकी छन् ।

राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको छ ।

जनवरी २५ देखि १५ दिनसम्म चीनले नयाँ वर्ष मनाउँदै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ०२ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी