गर्भवती महिलालाई अमेरिका प्रवेश गर्न कडाइ गर्दै ट्रम्प « Khabarhub

गर्भवती महिलालाई अमेरिका प्रवेश गर्न कडाइ गर्दै ट्रम्प


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले नयाँ भिसा नियम सार्वजनिक गरेको छ।

बच्चा जन्माउनका लागि मात्रै अमेरिका आउन लागेको भन्ने कन्सुलर अधिकृतहरुलाई लाग्यो भने आवेदकका पर्यटक भिसा अस्वीकृत गरिने संघीय रजिस्टरले जारी गरेको नयाँ नियममा भनिएको छ।

बच्चा जन्माउनभन्दा पनि मेडिकल आवश्यकताले मात्र अमेरिका जान लागेको भन्ने आवेदकका भनाइलाई चिर्न अत्यन्तै अप्ठेरो हुने गरेको थियो।

मेडिकल आवश्यकताले अमेरिका जान आवेदन दिनेलाई अन्य विदेशीलाई झैं उनीहरुले त्यसका लागि पैसा खर्च गर्न सक्छन् वा सक्दैनन् भनेर पनि हेरिनेछ।

‘त्यसमा उनीहरुको यातायात र अमेरिका बस्दाको खर्च गर्न सक्ने क्षमतालाई पनि हेरिनेछ,’ संघीय रजिस्टरले जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘जन्म पर्यटन’ प्रतिबन्ध गर्ने उद्देश्यलाई साकार बनाउने उद्देश्यसहित नयाँ भिसा नियम आएको हो । बच्चा जन्माउनकै लागि गर्भवती महिला अमेरिका प्रवेश गर्ने र जन्मका आधारमा पासपोर्ट माग्ने गरेको भन्दै ट्रम्पले उनीहरुको भिसालाई कडाइ गर्ने यसअघि नै बताउँदै आएका थिए।

‘बर्थ टुरिजम’ अर्थात् ‘जन्म पर्यटन’ एजेन्सी सञ्चालकलाई किर्ते गरेको र कर छलेको आधारमा पक्राउ गरिएको केही घटना भए पनि अमेरिकामा बच्चा जन्माउन जानुलाई मौलिक रूपमा कानूनी अभ्यास मानिन्छ।

भिजाका लागि आवेदन दिँदा महिलाहरुले सत्य नै बोल्ने गरेका छन् । उनीहरुले कन्सुलरसमक्ष चिकित्सक र अस्पतालसाग गरिएका हस्ताक्षरयुक्त करार पनि देखाउने गरेका छन्।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ११ बजे

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी