बैज्ञानिकहरुले पत्ता लगाए सबै प्रकारका क्यान्सर निको हुने ‘टी-सेल’ « Khabarhub

बैज्ञानिकहरुले पत्ता लगाए सबै प्रकारका क्यान्सर निको हुने ‘टी-सेल’


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतका वैज्ञानिकहरुले सवै प्रकारका क्यान्सरको उपचार हुने ‘टी–सेल’ पत्ता लगाएको दाबी गरेका छन् ।

उनीहरुले पटक–पटकको परीक्षणपछि टी–सेलले सबै प्रकारका क्यान्सरको उपचार सम्भव हुने दाबी गरेका हुन् ।

बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्याबमा प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य क्यान्सरको उपचारमा प्रयोग गर्दै उपचार सम्भव भएको पुष्टि गरेका हुन् ।

वैज्ञानिकले गरेको उक्त अध्ययन ‘नेचर इम्युनोलोजी’ नामक प्रतिष्ठित विज्ञान जर्नलमा प्रकाशित भएको छ । यो ल्याबमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण नगरिएको बताएका छन् ।

अनुसन्धानकर्ताले यसमा ‘असाधारण सम्भावना’ रहेको बताउँदै मानिसमा लाग्ने सबै प्रकारका क्यान्सर निको हुने दाबी गरेका हुन् ।

जीवको प्रतिरक्षा प्रणाली उसको शरीरमा हुने सङ्क्रमणविरुद्धको प्राकृतिक प्रतिरक्षा रहेको र यसले क्यान्सरगुण भएका कोषलाई पनि आक्रमण गर्ने अनुसन्धानको निष्कर्ष छ ।

कार्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको रगतमा एक विशेष टी–सेल भेटेका छन् । जसले विगतदेखिको खोज पूरा भएको उनीहरुको दाबी छ ।

टी–सेलले शरीरबाट हटाउनुपर्ने कुनै जोखिम छ कि भनेर निगरानी गर्छ । यसमा रहेको भिन्नताले कैयौँ क्यान्सरमाथि आक्रमण गर्नसक्ने वैज्ञानिकको दावी छ ।

कार्डिफको अनुसन्धान टोलीले पत्ता लगाएको टी–सेल र रिसेप्टरको ल्याबमा परीक्षण गर्दा कैयौँ क्यान्सरका कोषलाई मारेपछि यसले सबै प्रकारका क्यान्सर निको हुने देखाएको हो।

तिनमा फोक्सोको क्यान्सर, रक्त क्यान्सर, स्तन क्यान्सर, हड्डीको क्यान्सर, प्रोस्टेटको क्यान्सर, ओभरीको क्यान्सर, मिर्गौलाको क्यान्सर र पाठेघरको क्यान्सरका कोष थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ५७ बजे

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज