बैज्ञानिकहरुले पत्ता लगाए सबै प्रकारका क्यान्सर निको हुने ‘टी-सेल’ « Khabarhub

बैज्ञानिकहरुले पत्ता लगाए सबै प्रकारका क्यान्सर निको हुने ‘टी-सेल’


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतका वैज्ञानिकहरुले सवै प्रकारका क्यान्सरको उपचार हुने ‘टी–सेल’ पत्ता लगाएको दाबी गरेका छन् ।

उनीहरुले पटक–पटकको परीक्षणपछि टी–सेलले सबै प्रकारका क्यान्सरको उपचार सम्भव हुने दाबी गरेका हुन् ।

बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्याबमा प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य क्यान्सरको उपचारमा प्रयोग गर्दै उपचार सम्भव भएको पुष्टि गरेका हुन् ।

वैज्ञानिकले गरेको उक्त अध्ययन ‘नेचर इम्युनोलोजी’ नामक प्रतिष्ठित विज्ञान जर्नलमा प्रकाशित भएको छ । यो ल्याबमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण नगरिएको बताएका छन् ।

अनुसन्धानकर्ताले यसमा ‘असाधारण सम्भावना’ रहेको बताउँदै मानिसमा लाग्ने सबै प्रकारका क्यान्सर निको हुने दाबी गरेका हुन् ।

जीवको प्रतिरक्षा प्रणाली उसको शरीरमा हुने सङ्क्रमणविरुद्धको प्राकृतिक प्रतिरक्षा रहेको र यसले क्यान्सरगुण भएका कोषलाई पनि आक्रमण गर्ने अनुसन्धानको निष्कर्ष छ ।

कार्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको रगतमा एक विशेष टी–सेल भेटेका छन् । जसले विगतदेखिको खोज पूरा भएको उनीहरुको दाबी छ ।

टी–सेलले शरीरबाट हटाउनुपर्ने कुनै जोखिम छ कि भनेर निगरानी गर्छ । यसमा रहेको भिन्नताले कैयौँ क्यान्सरमाथि आक्रमण गर्नसक्ने वैज्ञानिकको दावी छ ।

कार्डिफको अनुसन्धान टोलीले पत्ता लगाएको टी–सेल र रिसेप्टरको ल्याबमा परीक्षण गर्दा कैयौँ क्यान्सरका कोषलाई मारेपछि यसले सबै प्रकारका क्यान्सर निको हुने देखाएको हो।

तिनमा फोक्सोको क्यान्सर, रक्त क्यान्सर, स्तन क्यान्सर, हड्डीको क्यान्सर, प्रोस्टेटको क्यान्सर, ओभरीको क्यान्सर, मिर्गौलाको क्यान्सर र पाठेघरको क्यान्सरका कोष थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ५७ बजे

च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि आर्सनलको जित

काठमाडौं – महिला च्याम्पियन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व बाल दिवस

काठमाडौं – बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक

लुम्बिनी र चितवन भिड्दै, कसको शक्ति कति ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार

अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन यमनलाई अमेरिकाको आग्रह

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको एक हिस्साका