राशिअनुसार थाहा पाउनुहोस् आफ्ना कमजोरी ! | Khabarhub Khabarhub

राशिअनुसार थाहा पाउनुहोस् आफ्ना कमजोरी !


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । उसको जन्म समयलाई आधार मानेर जन्म कुण्डली तयार पारिन्छ । जन्म कुण्डलीमा बसेका ग्रहकोप्रभाव स्वरुप उसमा देखिने भूत, वर्तमान र भविष्यको फलादेश गरिन्छ ।

त्यसो त हरेक मानिसका राम्रा र कमजोर पक्षहरु हुन्छन् । कतिपय कुराहरुको विषयमा आफू जानकार नभएर पनि हामी असफलताको बाटोमा गईरहेका हुन सक्छौ ।

समयमै आफ्नो कमजोरी बुझेर अगाडी बढ्न सक्ने हो भने सफलता हात मिल्नेमा दुविधा छैन । त्यसैले शास्त्रलाई मान्नुहुन्छ भने राशि अनुसार आफ्ना कमी कमजोरी के हुन्छन् जानिराखौं–

मेष राशि

मेष राशिका मानिसहरु धेरै चाँडै रिसाउँछन्, जसको कारण मानिसहरुसंग उनीहरूको सम्बन्ध बिग्रन्छ । परिणाम स्वरूप यसले सफलताको बाटोबाट पछाडि धकेल्छ । त्यसैले मेष राशि भएका व्यक्तिहरूले आफ्नो रीस नियन्त्रण गर्नुपर्ने शास्त्रले बताउँछ ।

वृष राशि

वृष राशि भएका मानिसहरू अटेरी, घमण्डी, जिद्दीपन स्वभावका हुन्छन् । यी राशि भएका मानिसहरुमा रिसालु स्वभाव पनि उत्तिकै हुन्छ । त्यसैले आफूमा हुने यी स्वभावमा परिवर्तन गर्ने हो भने वृष राशि भएका व्यक्तिले सफलता पाउनेछन् ।

मिथुन राशि

मिथुन राशि भएका व्यक्तिहरू अरुलाई धेरै चाँडै विश्वास गर्दछन् । अरुको विवेकमा काम गर्दा प्राय उनीहरुले नोक्सान भोगिरहेका हुन्छन् । उनीहरुको हातबाट धेरै राम्रा अवसरहरू समेत गुमिरहेका हुन्छन् । तसर्थ यी अवस्थालाई ध्यानमा राखेर अघि बढ्ने हो भने मिथुन राशिका व्यक्तिहरूले कार्यसिसिद्धि पाउनेछन् ।

कर्कट राशि

कर्कट राशि भएका मानिसहरु धेरै भावनात्मक हुन्छन् । तिनीहरू प्रायः भावनात्मकतामा लागेर गलत निर्णय लिन्छन् । जसको कारणले कर्कट राशि भएका व्यक्तिहरुले पछि पछुताउनुबाहेक केही हुँदैन । त्यसैले कर्कट राशि भएका व्यक्तिहरुले यी विषयमा बेलामै सोच्नुपर्ने हुन्छ ।

सिंह राशि

सिंह राशि भएका मानिसहरु आफ्नो आवश्यकता पुरा गर्नको लागि कुनै कुरा बाँकी राख्दैनन् । यहाँसम्म कि उनीहरु धेरै समय खर्च गरेर भए पनि आफ्नो काम फत्ते गर्न चाहान्छन् । साथै छोटो तरिकाले काम गर्ने कुरामा निर्धक्क तरिकाले खर्च गर्छन् । जसको कारण उनीहरुलाई भविष्यमा पछुतो हुन सक्छ । उसको सबैभन्दा ठूलो कमजोरीनै खर्च गर्ने बानी हो, जुन बानी परिवर्तन गर्नुपर्दछ ।

कन्या राशि

कन्या राशि भएका मानिसहरु स्वभावैले अहंकारी हुन्छन् । त्यसैले अरूलाई उनीहरु आफूभन्दा साधारण भन्ने ठान्छन् । तिनीहरूको यस्तै कार्यहरूले यिनीहरुको प्रगतिमा बाधा सिर्जना भइरहेको हुन्छ । कन्या राशि भएका व्यक्तिहरूले आफ्नो अहंकार र अरूलाई तुच्छ ठान्ने प्रकृतिबाट टाढा बस्नु उपयुक्त हुनेछ ।

तुला राशि

तुला राशि भएका व्यक्तिहरू सहयोगी भावनाका हुन्छन् । उनीहरु दिन दुखीहरुलाई मात्र नभएर आवश्यकता भन्दा बढी सहयोग गर्ने हुन्छन । यसले सधैँ सफलता हुन्छ भन्ने होइन । यस विषयमा पनि तुला राशि भएकाहरुले सोच्नुपर्ने हुन्छ । किनकी मानिसहरूले तपाईको कमजोरीको फाइदा उठाइरहेका हुन्छन् । उदार प्रकृति स्वभाव देखेर मानिसहरुले यिनीहरुलाई धोका नदेलान् भन्ने के छ र ?

वृश्चिक राशि

वृश्चिक राशि भएका मानिसहरु हरेक कुरामा रिसाउने स्वभावका हुन्छन् । यो उनीहरुको सबैभन्दा ठूलो कमजोरी नै रिस हो । यही क्रोधको कारण तिनीहरूलाई सफलताको मार्गमा अवरोध सिर्जना भइरहेको हुन्छ । वृश्चिक राशि भएकाहरुले आफ्नो रिस र आवेगलाई नियन्त्रणमा राख्नु नै सवैभन्दा ठूलो बुद्धिमता हुनेछ ।

धनु राशि

धनु राशि भएका मानिसहरु धेरै बोल्ने स्वभावका हुन्छन् । उनीहरुलाई कतिपय ठाउँमा बोली कै प्रभाव स्वरुप सफलतामा अड्चन आइरहेको हुनसक्छ । उनीहरु आफू साधारण भएपनि ठूला ठूला कुरा गरेर अरुलाई सानो बनाउन खोज्ने प्रवृत्ति हुन्छ । उनीहरूको यही बानीले प्रगति पथमा अवरोध सिर्जना भएको हुनसक्छ । त्यसैले सकेसम्म कम बोल्ने महत्वपूर्ण बिषयमा बोल्दा पनि सोचेर मात्र बोल्ने गर्नुपर्दछ ।

मकर राशि

मकर राशिका मानिसहरुलाई लाग्दछ कि आफू नै सवै कुरामा निपूर्ण छु । तर, यो भ्रम मात्र हो । यसले तपाईलाई नयाँ कुरा जान्ने र सिक्नेमा बाधा पुगिरहेको हुन्छ । यस्तो स्वभावलाई मकर राशिका मानिसहरुले परिवर्नत गर्न सके उसले सफलता हात पार्ने विश्वास गरिन्छ । तसर्थ अहमता त्यागेर अरुको कुरा सुन्ने र बुझ्ने गर्नु नै मकर राशिका लागि महत्वपूर्ण हुनेछ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसहरु आफ्नो कुरामा अडिग रहन्छन् । उनीहरु अरुको अगाडी झुक्न तयार हुँदैनन् । केही कुरामा अडिग रहनु ठिक होला तर सवै कुरामा यसले फाइदा पु¥याउँदैन । उनीहरुलाई यही बानीले प्रगति पथमा बाधा सिर्जना गरिरहेको हुनसक्छ । यो कुरालाई कुम्भ राशि भएकाहरुले सदैव मनन गर्नुपर्ने हुन्छ ।

मीन राशि

मीन राशि हुनेहरुमा आत्मविश्वासको कमी हुन सक्छ । जीवनमा केही गरौँ भन्ने हौशालाको कमी हुने हुँदा यिनीहरुको जीवनमा विभिन्न चुनौतीहरु आइरहेका हुन्छन् । साना–तिना कुराहरु पनि उनीहरुलाई गम्भीर लाग्न सक्छन् । त्यसैले आत्मविश्वास बढाउनु नै मीन राशिका व्यक्तिहरुका लागि सफलता हुनेछ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ६ : २८ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन