सरकारमा जाने कल्पना पनि छैन : राजेन्द्र महतो « Khabarhub

सरकारमा जाने कल्पना पनि छैन : राजेन्द्र महतो


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले राजपा सरकारमा जाने कुरा कल्पनामा पनि नआएको बताएका छन् ।

खबरहबसँगको कुराकानीमा महतोले अहिले सरकारसँग भएको सहमति राष्ट्रियसभा निर्वाचनका लागि मात्र भएको भन्दै यो सहमतिले सरकारमा जाने कुरा नसमेटिएको बताए ।

सरकारसँग आफूहरुले राखेका मागको विषयमा कुराकानी हुँदै गरेको बताउँदै उनले संविधान संशोधनको मुद्दा आफ्नो बटमलाइन भएकाले त्यसको सम्बोधन नभएसम्म सरकारको कुरा धेरै टाढाको भएको बताए ।

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनका लागि भएको सम्झौताको पालना भएको छ । यो सहमति अन्य कुनैसँग पनि जोडिँदैन ।’

महतोले उपसभामुखका विषयमा पनि सत्तारुढ दलसँग कुनै छलफल नै नभएको बताए। सभामुखमा तपाईंहरुले नेकपाका उम्मेद्वारलाई समर्थन गर्नुको कारण के भन्ने प्रश्नमा महतोले भने, ‘सभामुख प्रतिनिधिसभाको अभिभावक हो । यसमा सबैको साझा नेता होस भन्ने राजपाको मान्यता थियो । फेरि कांग्रेसले पनि उम्मेद्वारी दिएन । सभामुखका लागि अर्को विकल्प पनि नभएकाले हामीले पनि समर्थन गरेका हौं ।’

सभामुखमा नेकपाका उम्मेदवारलाई समर्थन गरेपनि उपसभामुखबारे कुनै चर्चा नभएको उनले बताए ।

उनले संविधान संशोधन, पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहाई, नेता कार्यकर्तामाथि लागेका मुद्धा फिर्ता लगायतका आफ्ना माग सम्बोधनका लागि सरकारको खबरदारी जारी रहेको भन्दै महतोले ती सम्बोधन नभएसम्म सरकारलाई खबरदारी गरिरहने बताए ।

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भने नेपालका लागि आवश्यक रहेको बताए ।

उनले भने, ‘एमसीसीका बारेमा पार्टीले आधिकारिक निर्णय लिएको छैन् । हामीले सुने अनुसार यो नेपालको विकास र समृद्धिका लागि हो भन्ने छ । यसलाई ठीकै मान्नुपर्छ ।’

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ९ : ३७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था