नेकपा-राजपा गठबन्धन जनताबाट अनुमोदन भयो: नेता साह « Khabarhub

नेकपा-राजपा गठबन्धन जनताबाट अनुमोदन भयो: नेता साह


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धनलाई जनताले अनुमोदन गरेको जीकिर गरेका छन् ।

विहिबार सम्पन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाई संयुक्त उम्मेदवारी दिएको र गठबन्धनका सबै उम्मेदवार विजयी हुनु गठबन्धन अनुमोदित भएको र यसको निरन्तरता हुनुपर्ने स्पष्ट जनमत रहेको अध्यक्ष साहको भनाइ छ ।

अध्यक्ष साहले भने, “हाम्रो पार्टीसँग राजपाले गठबन्धन निर्माण गर्दा एकथरीले मधेसी जनताको भावना विपरीत भएको भन्दै विरोध गरिरहेको थियो । तर गठबन्धनका चारजनै उम्मेदवारले गठबन्धनको भोट भँदा दोबर मतले जीत निकाल्नु भनेको यो गठबन्धन सहि भएको र प्रदेश-२ को स्पष्ट जनादेश हो । यो जनादेश नेकपा र राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो ।” भन्ने बुझनु ज़रूरी छ ।

नेकपा र राजपा मात्र नभई अन्य दलले पनि नेकपा राजपासंग मिल्ने निर्णयलाई समर्थन गरेको जीकिर गर्दै अध्यक्ष साहले थपे, “नेकपा र राजपा गठबन्धनको कुल मत जोड्दा ५ सय जति मतभारको फरक मात्र छ । र निर्वाचन नतिजा हेर्दा हाम्रो पार्टीको उम्मेदवारले करिब ५ सय मतभारकै फरकका साथ जित निकालेका छन् । जबकि राजपाका उम्मेदवारले झन्डै हजार मतभारको फरकले जित निकालेको हो । यसले के स्पष्ट पार्छ भने राजपाका उम्मेदवारलाई नेपाली कांग्रेस र समाजवादी पार्टीका मतदाताले पनि मत दिएका छन् । यसले गठबन्धनको औचित्यको थप पुष्टि गरेको छ।”

अध्यक्ष साहले एक वक्तव्यमार्फत यस गठबन्धनबाट विजयी उम्मेदवारहरूलाई बधाई तथा मतदातालाई धन्यवाद दिनुको साथै गठबन्धन निरन्तरताको कामना गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ४६ बजे

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल