बाँदरको विहानी: अँगेनाको छेउमा बसेर तातो चिसा सुरुप्प ! « Khabarhub

बाँदरको विहानी: अँगेनाको छेउमा बसेर तातो चिसा सुरुप्प !


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँदर, मेरुदण्ड भएको एक स्तनधारी प्राणी । केहीले बाँदरलाई मानवको पूर्खाका रुपमा पनि लिन्छन् ।

हिन्दू धर्ममा बाँदरलाई भगवान रामको असल साथी तथा सहयोगीका रुपमा पनि लिइन्छ ।

अमेरिकाको ड्यूक विश्वविदालयका सोधकर्ताहरुले बाँदरबारे अनुसन्धान गर्दै एउटा निष्कर्ष निकालेका थिए– बाँदरमा पनि मानवीय स्वभाव र गुण हुन्छ ।

सोधकर्ताहरुको अर्को पनि निष्कर्ष थियो– बाँदरले मानिसबाट सिकेर आफ्ना स्वभावहरुमा पनि परिवर्तन गर्ने गर्छ ।

मानिसमा जस्तै कुनै विषयबारे धारणा बनाउने, दुःख तथा खुसी व्यक्ति गर्ने स्वभाव हुन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार धनवीर महतोले पनि बाँदरको एउटा त्यस्तै स्वभावलाई आफ्नो क्यामेरामा कैद गरेका छन्, जसमा बाँदरले मानवीय व्यवहार अंगालेको देख्न सकिन्छ ।

माघको चिसोमा सबै मानिसहरु अगेनानजिक बस्छन् । तातो तथा गरम खानेकुरा तथा पेय सेवन गर्छन् । सादय बाँदरले पनि मानिसबाटै यस्तो स्वभाव सिकेको हुनुपर्छ– बढ्दो चिसोका बिच अगेनाको छेउमा बसेर चिया पिइरहेको छ ।

यो तस्वीर महोत्तरीको गौशालाको हो । जसमा बाँदर अँगेनाको छेउमा बसेर चिया पिइरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ४७ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार