ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसीसी विश्वकप क्रिकेट -२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । विश्वकप लिग २ खेल्ने टोलीमा दुई जना नयाँ अनुहारले टिममा स्थान बनाएका छन् ।

१४ सदस्यीय टोलीमा कमल सिंह ऐरी र कुशल मल्ल पहिलोपटक पर्दा अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मीलाई भने आराम दिइएको छ ।

सोमपाल स्वास्थ्य समस्या र वसन्त रेग्मी पारिवारिक कारणले टोलीमा छैनन् ।

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको हो ।

जसमा यू १९ टिमबाट खेलिसकेका कुशल मल्ल र कमलसिंह ऐरी पहिलो पटक टिममा स्थान बनाएका लिग २ का खेल किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा माघ२२ देखि २९ सम्म चल्नेछ ।

नेपाल अमेरिका र ओमानले देल्ने त्रिकोणात्मक शृङ्खलाका लागि अहिले नेपाली टोली पोखरामा अभ्यासरत छ।

नेपालको राष्ट्रिय टिम
ज्ञानेन्द्र मल्ल (कप्तान)
दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दिप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुसान भारी
रोहित पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी –
सुवास खकुरेल
पवन शराफ
सन्दिप जोरा
किसोर महतो छन्

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ११ : ०३ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।