चीनमा रहेका नेपालीलाई दूतावासको आग्रह, कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउनुस् « Khabarhub

चीनमा रहेका नेपालीलाई दूतावासको आग्रह, कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउनुस्


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ ।

चीनका लागि नेपाली राजदूतावास बेइजिङले एक सूचना जारी गर्दै चीनमा रहेका सम्पूर्ण नेपालीलाई सावधानी अपनाउन अपिल गरेको हो ।

‘जनवादी गणतन्त्र चीनको हुबेई प्रान्तको राजधानी सहर उहानमा गत डिसेम्बर महिनादेखि देखा परेको कोरोना भाइरसको संक्रमणको सन्दर्भमा चीनमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सावधानी अपनाउ नेपाली राजदूतावास बेइजिङ हार्दिक अपिल गर्दछ’ सूचनामा भनिएको छ ।

सूचनामा कोरोना भाइरसबाट जोगिने तरिकासमेत बताइएको छ ।

राजदूतावासले आपतकालीन सहयोगका लागि चीनमा रहेका नेपाली नियोगहरुमा सम्पर्क गर्नसमेत चीनमा रहेका नेपालीलाई आग्रह गरेको छ ।

दूतावासले जारी गरेको सूचना । तस्वीर : राजदूतावासको वेवसाइटबाट

दूतावासले बिहीवार जारी गरेको सूचनामा बेइजिङस्थित दूतावासका साथै ग्वाञ्जाओ, ल्हासा र हङ्कङस्थित नेपाली महावाणिज्य दूतावास तथा साङ्घाईस्थित अवैतनिक नेपाली महावाणिज्य दूतसँग सम्पर्कमा रहन आग्रह गरिएको छ ।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बीबीसी नेपाली सेवालाई दिएको जानकारी अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार नेपालीहरू रहेका छन् ।

कोरोनाभाइरस प्रभावित वुहानमा भने ७० देखि ८० को सङ्ख्यामा नेपाली नागरिकहरू रहेको लम्सालले बताएको बीबीसीले उल्लेख गरेको छ ।

लम्सालले भने, ‘वुहानमा रहेका नेपालीहरूसँग हामी सम्पर्कमै छौँ। उनीहरूको अवस्था सामान्य रहेको छ। कसैलाई सङ्क्रमण भएको थाहा छैन।’

उनका अनुसार केही नेपालीले नेपाल फर्कन चाहेको भन्दै सम्पर्क गरेका छन् ।

तर अहिले वुहानबाट नेपाल फर्काउन सक्ने अवस्था नरहेको उनले बताए । चीनले उक्त घातक भाइरस फैलनबाट रोक्न आफ्ना तीनवटा सहरको यातायात सेवामा बन्देज लगाएका कारण यात्रामा असहजता रहेको उनको भनाइ थियो ।

नेपालीको शव पठाउन समस्या

चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउनसमेत समस्या भएको लम्सालको भनाइ छ ।

कोरोना भाइरस फैलनबाट रोक्न चीनले वुहानमा यातायात सेवा बन्द गरिदिएपछि गत आइतवार हृदयाघातका कारण निधन भएका दोलखाका ४० वर्षीय पुष्कर खड्काको शव नेपाल ल्याउन समस्या भएको उनको भनाइ छ ।

कोरोना भाइरसको केन्द्र मानिएको हुबेई प्रान्तको वुहानस्थित इन्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा कार्यरत खड्काको हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : २८ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित