चीनमा रहेका नेपालीलाई दूतावासको आग्रह, कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउनुस् « Khabarhub

चीनमा रहेका नेपालीलाई दूतावासको आग्रह, कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउनुस्


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ ।

चीनका लागि नेपाली राजदूतावास बेइजिङले एक सूचना जारी गर्दै चीनमा रहेका सम्पूर्ण नेपालीलाई सावधानी अपनाउन अपिल गरेको हो ।

‘जनवादी गणतन्त्र चीनको हुबेई प्रान्तको राजधानी सहर उहानमा गत डिसेम्बर महिनादेखि देखा परेको कोरोना भाइरसको संक्रमणको सन्दर्भमा चीनमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सावधानी अपनाउ नेपाली राजदूतावास बेइजिङ हार्दिक अपिल गर्दछ’ सूचनामा भनिएको छ ।

सूचनामा कोरोना भाइरसबाट जोगिने तरिकासमेत बताइएको छ ।

राजदूतावासले आपतकालीन सहयोगका लागि चीनमा रहेका नेपाली नियोगहरुमा सम्पर्क गर्नसमेत चीनमा रहेका नेपालीलाई आग्रह गरेको छ ।

दूतावासले जारी गरेको सूचना । तस्वीर : राजदूतावासको वेवसाइटबाट

दूतावासले बिहीवार जारी गरेको सूचनामा बेइजिङस्थित दूतावासका साथै ग्वाञ्जाओ, ल्हासा र हङ्कङस्थित नेपाली महावाणिज्य दूतावास तथा साङ्घाईस्थित अवैतनिक नेपाली महावाणिज्य दूतसँग सम्पर्कमा रहन आग्रह गरिएको छ ।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बीबीसी नेपाली सेवालाई दिएको जानकारी अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार नेपालीहरू रहेका छन् ।

कोरोनाभाइरस प्रभावित वुहानमा भने ७० देखि ८० को सङ्ख्यामा नेपाली नागरिकहरू रहेको लम्सालले बताएको बीबीसीले उल्लेख गरेको छ ।

लम्सालले भने, ‘वुहानमा रहेका नेपालीहरूसँग हामी सम्पर्कमै छौँ। उनीहरूको अवस्था सामान्य रहेको छ। कसैलाई सङ्क्रमण भएको थाहा छैन।’

उनका अनुसार केही नेपालीले नेपाल फर्कन चाहेको भन्दै सम्पर्क गरेका छन् ।

तर अहिले वुहानबाट नेपाल फर्काउन सक्ने अवस्था नरहेको उनले बताए । चीनले उक्त घातक भाइरस फैलनबाट रोक्न आफ्ना तीनवटा सहरको यातायात सेवामा बन्देज लगाएका कारण यात्रामा असहजता रहेको उनको भनाइ थियो ।

नेपालीको शव पठाउन समस्या

चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउनसमेत समस्या भएको लम्सालको भनाइ छ ।

कोरोना भाइरस फैलनबाट रोक्न चीनले वुहानमा यातायात सेवा बन्द गरिदिएपछि गत आइतवार हृदयाघातका कारण निधन भएका दोलखाका ४० वर्षीय पुष्कर खड्काको शव नेपाल ल्याउन समस्या भएको उनको भनाइ छ ।

कोरोना भाइरसको केन्द्र मानिएको हुबेई प्रान्तको वुहानस्थित इन्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा कार्यरत खड्काको हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : २८ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने