आर्यनले भने – ‘अर्जुन रेड्डी’ को रिमेकमा काम गर्ने कुरा भएको छैन « Khabarhub

आर्यनले भने – ‘अर्जुन रेड्डी’ को रिमेकमा काम गर्ने कुरा भएको छैन


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देलले निर्माण हुन लागेको फिल्म ‘अर्जुन रेड्डी’ बाट अफर नआएको बताएका छन् ।

केही दिनयता उनले तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा अभिनेता आर्यन सिग्देलले अभिनय गर्ने पक्का भएको भन्दै केही मिडियामा समाचार आएका थिए ।

ती समाचारको खण्डन गर्दै सिग्देलले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा काम गर्नेबारे कुरा नभएको बताएका हुन् ।

आर्यनले सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गर्दै आफू उक्त फिल्मको हिस्सेदार नभएको र यसबारेमा मेकरले कुरा नगरेको जनाएका छन् । साथै उनले टिमलाई शुभकामना दिँदै फिल्मको तारिफ समेत गरेका छन् ।

तेलुगुको हिन्दी भर्सन ‘कबीर सिंह’ मा शाहिद कपूरले शीर्ष भूमिकामा अभिनय गरेका थिए । यो फिल्म पनि दर्शकले खुबै रुचाएका थिए । त्यस्तै ‘अर्जुन रेड्डी’ मा विजयले शीर्ष भूमिका निभाएका थिए ।

एक सन्की डाक्टरको कथा रहेको यो फिल्म युवापुस्तामाझ लोकप्रिय छ । यही लोकप्रियताका कारण फिल्मको नेपाली रिमेक बनाउनका लागि युवा फिल्मसले राइटस् खरिद गरेको हो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : २७ बजे

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा