आर्यनले भने – ‘अर्जुन रेड्डी’ को रिमेकमा काम गर्ने कुरा भएको छैन « Khabarhub

आर्यनले भने – ‘अर्जुन रेड्डी’ को रिमेकमा काम गर्ने कुरा भएको छैन


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देलले निर्माण हुन लागेको फिल्म ‘अर्जुन रेड्डी’ बाट अफर नआएको बताएका छन् ।

केही दिनयता उनले तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा अभिनेता आर्यन सिग्देलले अभिनय गर्ने पक्का भएको भन्दै केही मिडियामा समाचार आएका थिए ।

ती समाचारको खण्डन गर्दै सिग्देलले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा काम गर्नेबारे कुरा नभएको बताएका हुन् ।

आर्यनले सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गर्दै आफू उक्त फिल्मको हिस्सेदार नभएको र यसबारेमा मेकरले कुरा नगरेको जनाएका छन् । साथै उनले टिमलाई शुभकामना दिँदै फिल्मको तारिफ समेत गरेका छन् ।

तेलुगुको हिन्दी भर्सन ‘कबीर सिंह’ मा शाहिद कपूरले शीर्ष भूमिकामा अभिनय गरेका थिए । यो फिल्म पनि दर्शकले खुबै रुचाएका थिए । त्यस्तै ‘अर्जुन रेड्डी’ मा विजयले शीर्ष भूमिका निभाएका थिए ।

एक सन्की डाक्टरको कथा रहेको यो फिल्म युवापुस्तामाझ लोकप्रिय छ । यही लोकप्रियताका कारण फिल्मको नेपाली रिमेक बनाउनका लागि युवा फिल्मसले राइटस् खरिद गरेको हो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : २७ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले