१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार गर्ने व्यक्ति ४ वर्षपछि पक्राउ « Khabarhub

१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार गर्ने व्यक्ति ४ वर्षपछि पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानसिक अवस्था ठीक नभएकी १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति १ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको साविक सिंहदेवी गाविस–७ घर भइ भक्तपुरको सिपाडोल बस्ने ५६ वर्षीय पूर्ण बहादुर खड्का छन् ।

उच्च अदालत पाटनको २६ कात्तिक २०७५ को फैसलाले खड्कालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

अदालतले फैसला सुनाएदेखि फरार रहेका खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सीआईबीका अनुसार खड्काले भक्तपुरको जगाती घर भएकी एक १५ वर्षीया मानसिक अवस्था ठीक नभएकी बालिकालाई १० रुपैयाँ दिएर ललाई फकाई बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार २१ फागुन २०७२ मा खड्काले मानसिक अवस्थामा ठीक नभएकी बालिकालाई सिसडोलस्थित आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : ५७ बजे

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई