राष्ट्रहितलाई सर्वोपरि राखेर एमसीसीमा अघि बढ्छौं : प्रचण्ड « Khabarhub

राष्ट्रहितलाई सर्वोपरि राखेर एमसीसीमा अघि बढ्छौं : प्रचण्ड


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)लाई पास गर्दा राष्ट्रहितलाई सर्वोपरि राखेर अघि बढ्ने बताएका छन् ।

शुक्रवार(आज) पूर्वी नवलपरासी (नवलपुर)मा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा केही समय अघि सकिएको नेकपाको स्थायी कमिटी बैठकमा पर्याप्त छलफल भएको बताए ।

उनले एमसीसीको मुद्दालाई राष्ट्रहितमा हुने गरी अघि बढाइने र जरुरी पर्दा अमेरिकासँग पुन सम्बाद गरेर अघि बढ्ने बताए ।

‘स्थायी समिति बैठकमा एमसीसीका बारेमा पर्याप्त छलफल गरेका छौं’ प्रचण्डले भने,‘ हामीले के भनेका छौं भने, यो एमसीसीको मुद्दा राष्ट्रिय हित हुने गरी जरुरी पर्दा अमेरिकासँग पुन सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्प्रीटमा हामीले निर्णय गरेका छौं ।’

प्रचण्डले अगाडि थपे,‘ हामी सचिवालयमा यो विषयमा छलफल गरेर राष्ट्रहितलाई सर्वोपरि राखेर मात्रै हामी अगाडि बढाउँछौं ।’

उनले एमसीसी कार्यक्रम अफ्रिका र एशियाका विभिन्न देशहरुमा चलिरहेको बताउँदै एमसीसी अघि बढिरहेको बेलामा आएको इन्डो प्यासिफिक रणनीतिलाई अघि सारिएपछि विवादहरु देखिएको बताए ।

‘एमसीसी अगाडि जाँदै गर्दा अमेरिकाले दक्षिण एसियामा खासगरी इन्डो प्यासिफिक रणनीति भनेर अगाडि ल्याएपछि र त्यो सैन्य रणनीतिको रुपमा अगाडि बढाएपछि विवाद त्यहाँबाट शुरु भएको छ’ प्रचण्डले भने,‘ तर पछिल्लो पटक अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टिकरण आएको छ । त्यसलाई पनि हामीले विचार गरेर नेपालको राष्ट्रिय हीतलाई ध्यानमा राखेर हामी निर्णय गर्छौं ।’

पछिल्लो समय नेकपामा विवाद रहेको बारेमा समाचारहरु आएको भन्दै त्यस्ता भ्रमपूर्ण कुराहरुको पछि नलाग्न कार्यकर्ताहरुमा आग्रह गरे ।

पार्टीका बारेमा सामाजिक सञ्जालमा विभिन्न खालका अफवाहाहरु फैलिएको भन्दै त्यसलाई विश्वास नगर्न प्रचण्डको आग्रह थियो ।

सामाजिक सञ्जाल फेसबुकको जमान रहेको र माथि नभएको कुरालाई पनि विवाद भयो भनेर तल काम गर्नेहरुलाई दिग्भ्रमित गर्ने काम भएको भन्दै त्यसलाई वेवास्ता गर्न उनले आग्रह गरे । प्रचण्डले पार्टीमा कुनै समस्या नरहेको र एकतावद्ध रुपमा अघि बढिरहेको दाबी गरे ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  २ : १२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि