सापकोटा सभामुख बन्ने भएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकारद्वारा पदबाट राजीनामा « Khabarhub

सापकोटा सभामुख बन्ने भएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकारद्वारा पदबाट राजीनामा


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ (राजनीतिक) सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।

प्याकुरेलले आफ्नो राजीनामा पत्रमा राष्ट्रपति संस्थाको विज्ञ सल्लाहकारको रुपमा औपचारिक परिधिभन्दा बाहिर रहेर काम गर्नुपर्ने आवश्यकता महसुस गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् । तर, राष्ट्रपति भवन शीतल निबास स्रोतले भने अग्नि सापकोटालाई सभामुख बनाउन लागिएकोप्रति असन्तुष्टि जनाएर प्याकुरेलले पदबाट राजीनामा दिएको बताएको छ ।

प्याकुरेलले अग्नि सापकोटालाई सभामुख चयन गर्ने विषयमा आपत्ति जनाउँदै आएका थिए । प्याकुरेल संस्थापक रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सापकोटालाई सभामुख बनाउने निर्णयको औपचारिक रुपमा नै विरोध जनाएको थियो ।

मानव अधिकार आयोगको पूर्व आयुक्त रहिसकेका प्याकुरेलले द्वन्द्वकालीन घटनासँग सम्बन्धित (कर्तब्य ज्यान)को मुद्दामा सापकोटालाई विपक्षी बनाएर २६ चैत २०७२ मा सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  २ : ३४ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच