ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस ! « Khabarhub

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

‘किंग’को नयाँ पोस्टर सार्वजनिक


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको दोहोरो झल्को दिने अवतारमा देखिएका छन् । उनको बहुप्रतीक्षित फिल्म ‘किंग’को नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मलाई लिएर दर्शकमाझ उत्सुकता थप बढेको छ।

सार्वजनिक पोस्टरमा शाहरुखको अनुहार रगतले लतपतिएको छ भने ओठमा गुलाब च्यापेका छन्। उनको आँखामा देखिने रिस र ओठमा रहेको गुलाबले हिंसा र प्रेमको अनौठो मिश्रण झल्काउँछ। पोस्टरले फिल्ममा शाहरुख एक्सनसँगै रोमान्सले भरिएको भूमिकामा देखिन सक्ने संकेत गरेको छ।

पोस्टर सार्वजनिक गर्दै शाहरुखले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मलाई फेरि याद आयो… म हत्यारा होइन, म प्रेमी हुँ।’ उनको यही भनाइले फिल्मको कथादेखि चरित्रसम्मका विषयमा दर्शकको चासो बढाएको छ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किंग’मा शाहरुख नयाँ एक्सन अवतारमा देखिनेछन्। रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सले संयुक्त रूपमा निर्माण गरेको यो फिल्म सन् २०२६ डिसेम्बर २४ अर्थात् क्रिसमसको अवसरमा प्रदर्शन हुने तय भएको छ।

फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपूर, अभय वर्मा र अर्शद वारसीको पनि अभिनय रहनेछ। कथाले कठिन परिस्थितिमा बाँच्न संघर्ष गर्ने एक गुरु र उनका चेलाको यात्रालाई पछ्याउने बताइएको छ।

भारतीय मिडिया अनुसार फिल्मको बजेट करिब ३५० देखि ४०० करोड रुपैयाँ रहेको छ। यद्यपि, बजेटको यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन।
एकातिर रगतले लतपतिएको एक्सन लुक्स, अर्कोतिर प्रेम झल्काउने गुलाब, ‘किंग’को पोस्टरले शाहरुखको चरित्रलाई लिएर अनेक प्रश्न जन्माएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ६ : ३८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म