एपीएफले जित्यो महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि | Khabarhub Khabarhub

एपीएफले जित्यो महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा सम्पन्न पाँचौ संस्करणको एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको फाइनलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

शुक्रबार भएको खेलमा न्यू डायमण्डविरुद्ध पहिलो र दोस्रो सेट लगातार जीतेको एपीएफले तेस्रो सेट गुमाउँदा खेल लम्बिएको थियो । एपीएफले न्यु डायमण्डलाई २५–२३, २५–२१, २३–२५ र २५–१८ को सेटमा पराजित गरेको हो ।

लगातार दोस्रो बर्ष च्याम्पियन बनेको एपीएफले २ लाख प्राप्त गरेको छ । उपविजेतामा सिमित भएको न्यू डायमण्डले १ लाख प्राप्त गर्यो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो । तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ४ : ३१ बजे

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको