एपीएफले जित्यो महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि « Khabarhub

एपीएफले जित्यो महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा सम्पन्न पाँचौ संस्करणको एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको फाइनलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

शुक्रबार भएको खेलमा न्यू डायमण्डविरुद्ध पहिलो र दोस्रो सेट लगातार जीतेको एपीएफले तेस्रो सेट गुमाउँदा खेल लम्बिएको थियो । एपीएफले न्यु डायमण्डलाई २५–२३, २५–२१, २३–२५ र २५–१८ को सेटमा पराजित गरेको हो ।

लगातार दोस्रो बर्ष च्याम्पियन बनेको एपीएफले २ लाख प्राप्त गरेको छ । उपविजेतामा सिमित भएको न्यू डायमण्डले १ लाख प्राप्त गर्यो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो । तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ४ : ३१ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने