कांग्रेसमा संस्थापन र असन्तुष्ट पक्षबीच कुरा मिल्यो, फागुनमै महाधिवेशन, क्रियाशील सदस्यता छानविनका लागि समिति गठन « Khabarhub

कांग्रेसमा संस्थापन र असन्तुष्ट पक्षबीच कुरा मिल्यो, फागुनमै महाधिवेशन, क्रियाशील सदस्यता छानविनका लागि समिति गठन



काठमाडौं–नेपाली कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुटेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रवार करिब पाँच घन्टा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति भएको हो ।

यसअघि पुस ११ गते संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको पार्टीको महाधिवेशनको मितिमै एक दिन थप गरेर महाधिवेशन गर्ने सहमति जुटेको छ ।

बैठकमा सहभागी उपसभापति विमलेन्द्र निधिका अनुसार महाधिवेशन २०७७ फागुन ७–१० मा गर्ने सहमति भएको छ ।

त्यस्तै महाधिवेशन कार्यतालिकालाई परिमार्जन गर्ने सहमति पनि बैठकमा भएको छ ।

नेता निधिका अनुसार कार्यतालिकालाई पदाधिकारी बैठकले टुंग्याउने र केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै असन्तुष्ट पक्षले गर्दै आएको क्रियाशिल सदस्य छानवीन समिति पनि गठन गर्ने सहमति बैठकमा भएको निधिले जानकारी दिए ।
बैठकले नेविसंघको पदाधिकारी चयन आइतवार गर्ने निर्णयसमेत गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, उपसभापति निधि, नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

पुस ११ गतेको संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु प्रति वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षधरले असन्तुष्टी जनाउँदै आएको थियो ।

केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ५ : ०२ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी– आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।