पोल्याण्ड पठाइदिने भन्दै ६८ लाख ठगी गर्ने लामा पक्राउ | Khabarhub Khabarhub

पोल्याण्ड पठाइदिने भन्दै ६८ लाख ठगी गर्ने लामा पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोल्याण्ड पठाइदिन्छु भन्दै ६८ लाखभन्दा बढी रकम लिएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–१२ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–३ फुटुङ बस्ने ३८ वर्षीय गुनराज लामा छन् ।

ठगी गरेको सम्बन्धमा परेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले लामालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लामाले काठमाडौं बस्दै आएका रामकृष्ण खड्कासहितका ९ जना व्यक्तिलाई रोगजारीका लागि पठाइदिने भन्दै ६८ लाख १७ हजार रुपैयाँ उठाएका थिए ।

तर, उनीहरुलाई नेपालबाट युएईको दुबई हुँदै अजरबैजान पु¥याएर अलपत्र पारिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ५ : ४६ बजे

ट्रम्पले छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश गर्न दिने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ

गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल

काठमाडौं– भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय

तीजको दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– हरितालिका तीजको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज– भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क