राष्ट्रपतिका सल्लाहकार प्याकुरेलको राजीनामा स्वीकृत « Khabarhub

राष्ट्रपतिका सल्लाहकार प्याकुरेलको राजीनामा स्वीकृत


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेकी छिन् ।

सल्लाहकार प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई र दोस्रो कार्यकालमा करिब दुई वर्ष विज्ञ सल्लाहाकारको भूमिका निर्वाह गरेका प्याकुरेलले शुक्रबार विज्ञप्ति जारी गरी राजीनामा गरेको जानकारी दिएका थिए ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजबुत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरसः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधिभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मितिदेखि राष्ट्रपतिको विज्ञ सल्लाहाकारको पदबाट राजीनामा दिएको छु”, विज्ञप्तिमा थियो ।

विज्ञप्तिमा उनले राजनीतिक दल, गणतन्त्रलाई बलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाको प्रभावकारिता एवं सम्मान अभिवृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अङ्गमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात् गर्दै उच्च लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ भन्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ४९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि