राष्ट्रपतिका सल्लाहकार प्याकुरेलको राजीनामा स्वीकृत | Khabarhub Khabarhub

राष्ट्रपतिका सल्लाहकार प्याकुरेलको राजीनामा स्वीकृत


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेकी छिन् ।

सल्लाहकार प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई र दोस्रो कार्यकालमा करिब दुई वर्ष विज्ञ सल्लाहाकारको भूमिका निर्वाह गरेका प्याकुरेलले शुक्रबार विज्ञप्ति जारी गरी राजीनामा गरेको जानकारी दिएका थिए ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजबुत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरसः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधिभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मितिदेखि राष्ट्रपतिको विज्ञ सल्लाहाकारको पदबाट राजीनामा दिएको छु”, विज्ञप्तिमा थियो ।

विज्ञप्तिमा उनले राजनीतिक दल, गणतन्त्रलाई बलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाको प्रभावकारिता एवं सम्मान अभिवृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अङ्गमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात् गर्दै उच्च लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ भन्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ४९ बजे

हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान्

गोरखा दरबारको दशैँघरमा जमरा राखियो

गोरखा– गोरखा दरबारको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

केशरमहलमा फर्कियो शिक्षा मन्त्रालय (तस्बिरहरू)

काठमाडौं- जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र

वीरगञ्ज नाका हुँदै साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक

काठमाडौंका शक्तिपीठमा दर्शनार्थीको भीड

काठमाडौं– नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा