लघुवित्तको गलत काम रोक्नुहोस्ः गभर्नर नेपाल « Khabarhub

लघुवित्तको गलत काम रोक्नुहोस्ः गभर्नर नेपाल


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन् ।

बैंकको प्रवर्द्धनमा  ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’को उद्घाटन गर्दै उनले‍ भने , “एउटै व्यक्तिलाई दश वटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम भइरहेकाले यस्ता प्रकारका गल्तीलाई रोक्नुपर्छ ।”

डा नेपालले सानो गल्तीका कारण व्यक्ति, परिवार र समाजलाई बेफाइदा भइरहेकाले आर्थिक कारोवार गर्दा खेलबाड गर्न नहुने बताउँदै पैसालाई सहीरुपमा उपभोग गर्न सकेको अवस्थामा मानिस जीवनमा सफल हुने विश्वास व्यक्त गरे ।

“संसारमा धेरै व्यक्ति सानातिना व्यवसायबाट अहिले अर्बपति भएका छन्”, उनले भने, “गरिबको कोखमा जन्मेकोमा पछुतो मान्नु हुँदैन्, व्यवसाय गरेर सफल व्यक्ति बन्न सक्नुपर्छ ।”

बैंक भैरहवाका प्रमुख राजेन्द्र भट्टराईले साना पूँजीका बैंक एकीकरण गर्ने अभियान जारी रहेको बताए । जनउत्थान सामुदायिक लघुत्तिका अध्यक्ष बाबुराम विश्वकर्मा र साइन रेसुङ्गाका डिसी प्रकाश गुरुङले बैंक तथा वित्तीय संस्थाबाट ससाना कर्जा पाएका मानिसले व्यावसायिक रुपमा सफलता हासिल गरेको बताए ।

पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले सरकारले सस्तो र सुलभरुपमा कर्जा प्रदान गर्ने भनिए पनि सहजरुपमा कर्जा पाउन नसकेको बताए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ०० बजे

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश