आज २०७६ फागुन १२ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०७६ फागुन १२ गते सोमबारको राशिफल


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ फागुन १२ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । शत्रु परास्त हुनेछन् । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक समस्या हट्नेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मन अस्थिर रहनेछ । पराक्रम घट्नेछ । धार्मिक आस्था घट्नेछ । यात्रामा बाधा । आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

खर्च बढ्नेछ । अध्ययनमा बाधा । धन आर्जन गर्न कडा मेहनत । प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा रुची बढ्ला । बौद्धिकताको प्रसंशा हुनेछ । आकस्मिक लाभको सम्भावना । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मान सम्मान मिल्नेछ । व्यवसायमा लाभ । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रेममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ । आत्मविश्वास बढ्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सहयाेगी प्रशस्त हुनेछन् । घरमा कलह बढ्ला । निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । मानसिक चिन्ताले सताउला । काममा अवरोध ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । नोकरीमा प्रशंसा हुनेछ । पारिवारिक सुख प्राप्ति । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अध्ययनमा रुची बढ्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सफलता मिल्नेछ । मिष्ठान्न भोजन । आर्थिक क्षेत्रमा विवाद बढ्ला । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आफन्तबाट धोका हुन सक्ला । जागिरमा पदोन्नतति होला ।विलासिताका सामान प्राप्त हुने योग छ । सन्तानबाट चिन्ता थपिनेछ । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काममा प्रशंसा हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । आकस्मिक धन लाभको सम्भावना । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : ३७ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार