कोरोना महामारी : मृतकको संख्या २४ सय नाघ्यो, चीन बाहिर २० जनाको मृत्यु « Khabarhub

कोरोना महामारी : मृतकको संख्या २४ सय नाघ्यो, चीन बाहिर २० जनाको मृत्यु

इटाली र कोरियामा संक्रमितको संख्या बढ्दो


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –   कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।

सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।

इटालीमा तीन जनाको मृत्यु

कोरोना भाइरस अर्थात कोभिड – १९ को असर रोक्न चालेको विभिन्न कदमका बाबजुद इटालीमा तीन जनाको मृत्यु भएको छ भने १ सय ५२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसकै कारणा दुई जनाको मृत्यु र ७९ जना संक्रमित भएपछि इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध गरिएको थियो ।

तर त्यसपछि पनि थप १ एक जनाको मृत्यु भएको छ । अरु ७३ जना कोरोनाको संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ६ जनाको मृत्यु, ९ हजार क्वारेन्टीमा

दक्षिण कोरियामा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु भएको छ ।

६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । एकै दिन अरु २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो ।

चेओङ्डोको एक धार्मिक समूहका सदस्यहरुमा पनि कोरोनाको संक्रमण भएको आशंकापछि  ९ हजार जनालाई क्वारेन्टीमा राखिएको छ ।

कोरोनाले महामारीकोव रुप लिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले मुलुकले धेरै ठूलो चुनौतीको सामना गरिरहेकाले सावधानी अपनाउन देशवासीलाई आह्वान गरेकी छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ५९ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन